Proud to be a member of ECAN and JALTAN.
Applications are now open! Join our next intake and start your journey. Seats are limited—apply today.
हाम्रा सेवाहरू
हामी तपाईंको लक्ष्य, रुचि र भविष्यको योजनाअनुसार व्यक्तिगत अध्ययन तथा करियर योजना तयार गर्छौं। उपयुक्त जापानी भाषा विद्यालय, (भोकेस्नल)कलेज (सेन्मोन गाक्को) वा विश्वविद्यालय छनोट गर्न विशेषज्ञ परामर्श प्रदान गर्छौं। साथै, आवश्यक कागजात तयारी र जापानी दूतावासको अन्तर्वार्ता (Embassy Interview) को तयारीमा सहयोग गरी तपाईंलाई आत्मविश्वासका साथ अध्ययन यात्राका लागि तयार बनाउँछौं।
जापानी विद्यार्थी भिसा प्रक्रिया अत्यन्त सावधानी र शुद्धतापूर्वक पूरा गर्नुपर्ने हुन्छ। हामी आवश्यक सम्पूर्ण कागजातहरूको सूक्ष्म रूपमा समीक्षा गरी चरणबद्ध मार्गदर्शन प्रदान गर्छौं, ताकि तपाईंको आवेदन सबै आवश्यक मापदण्ड पूरा गर्दै सफलतापूर्वक अध्ययन भिसा प्राप्त गर्ने सम्भावना बढोस्।
तपाईंको समयअनुसार कक्षा सञ्चालन गर्दै अनुभवी प्रशिक्षकद्वारा प्रभावकारी जापानी भाषा प्रशिक्षण प्रदान गरिन्छ। अडियो–भिजुअल शिक्षण विधि, नियमित अभ्यास तथा साप्ताहिक मोक टेस्ट (नमुना परीक्षा) (JLPT, TOP J, NAT, J-CERT, JLCT, JPT परीक्षा – N5 देखि N2 स्तरसम्म) मार्फत विद्यार्थीलाई भाषा दक्षता हासिल गर्न र परीक्षामा उत्कृष्ट सफलता प्राप्त गर्न तयार गरिन्छ।
हामी JLPT, TOP J, NAT, J-CERT, JLCT र JPT परीक्षाको N5 देखि N2 स्तरसम्म विशेष तयारी कक्षा सञ्चालन गर्छौं। साथै, परीक्षा दर्ता, परीक्षा मिति बुकिङ तथा आवश्यक सम्पूर्ण व्यवस्थापनमा सहयोग प्रदान गरी तपाईंलाई आफ्नो लक्ष्यअनुसारको जापानी भाषा विद्यालयमा प्रवेशका लागि आवश्यक अंक प्राप्त गर्न तयार बनाउँछौं।
विदेशमा सहज सुरुवात सफल अध्ययन जीवनको आधार हो। त्यसैले हामी सुरक्षित आवास (Accommodation) को व्यवस्था, विमानस्थल (Airport) बाट स्वागत तथा पिक–अप सेवा, र जापानमा नयाँ वातावरणमा सहज रूपमा घुलमिल हुन आवश्यक सहयोग प्रदान गर्छौं। जापानमा तपाईंको कुनै चिनजान नभए पनि हामी तपाईंलाई आत्मनिर्भर रूपमा बसोबास सुरु गर्न मद्दत गर्छौं।
जापानको शैक्षिक क्यालेन्डरअनुसार आफ्नो अध्ययन योजना बनाउन हामी तपाईंलाई पूर्ण मार्गदर्शन गर्छौं। जनवरी, अप्रिल, जुलाई र अक्टोबर गरी चारवटै प्रमुख भर्ना सत्रका लागि विद्यालय छनोट, आवेदन प्रक्रिया तथा विद्यार्थी भिसा सम्बन्धी सम्पूर्ण सहयोग उपलब्ध गराइन्छ।
हाम्रो बारेमा
सन् २००३ देखि हामी काठमाडौं लगायत अन्य ठाउँहरुको विद्यार्थीहरूलाई नेपाल र जापानबीचको शैक्षिक यात्रा सफल बनाउन समर्पित छौं। २२ वर्षभन्दा बढीको अनुभव सहित, हामी जापानी भाषा प्रशिक्षणदेखि विद्यालय वा विश्वविद्यालयमा आवेदन, कागजात तयारी, विद्यार्थी भिसा प्रक्रिया तथा जापान प्रस्थानसम्मका सम्पूर्ण सेवाहरू एउटै स्थानबाट उपलब्ध गराउँदै आएका छौं। हाम्रो उद्देश्य प्रत्येक विद्यार्थीलाई जापानमा सफल अध्ययन र उज्ज्वल भविष्यका लागि पूर्ण रूपमा तयार गर्नु हो।
Years of Experience
Counselled
Successful Visa Grants
Japanes Partner Schools
Real-life testimonials from students who achieved their goals with PEF.
OUR NETWORK































बारम्बार सोधिने प्रश्नहरू
आवेदन प्रक्रिया, आवश्यक कागजातहरू तथा जापानमा अध्ययनका सम्बन्धमा धेरैजसो विद्यार्थीले सोध्ने प्रश्नहरूको संक्षिप्त र स्पष्ट उत्तर यहाँ उपलब्ध छन्। यदि तपाईंलाई थप जानकारी वा व्यक्तिगत परामर्श आवश्यक छ भने, हाम्रो अनुभवी कर्मचारीहरुले सधैं तपाइहरुको जिज्ञासाको लागी अगाडी रहने छौं।
कागजात तयारी, प्रवेश प्रक्रिया, भिसा आवेदन र पूर्व–प्रस्थान व्यवस्थाको लागि पर्याप्त समय सुनिश्चित गर्न हामी तपाईंको मनपर्ने प्रवेश भन्दा ६ देखि १० महिना अगाडि तपाईंको आवेदन प्रक्रिया सुरु गर्न सल्लाह दिन्छौं। हामी आवेदनहरूको लागि अप्रिल, जुलाई र अक्टोबरमा प्रवेश स्वीकार गर्छौं।
यसरी समयमै तयारी गर्दा भाषा अध्ययन, कागजात संकलन, विद्यालयमा आवेदन, विद्यार्थी भिसा प्रक्रिया तथा अन्य आवश्यक तयारी सहज र सफल रूपमा पूरा गर्न सकिन्छ।
जापान, बेलायत (UK) वा अमेरिका (USA) को तुलनामा नेपाली विद्यार्थी तथा अभिभावकका लागि किफायती (सबैका लागि सजिलै पहुँचयोग्य) र उत्कृष्ट अध्ययन गन्तव्य हो।
शिक्षण शुल्कबाहेक आवास, दैनिक जीवनयापन र अन्य खर्चका लागि पनि छुट्टै बजेट योजना बनाउन आवश्यक हुन्छ। हाम्रो अनुभवी कर्मचारीहरुले तपाईंलाई सम्पूर्ण खर्चको स्पष्ट जानकारी र आर्थिक योजना बनाउन सहयोग प्रदान गर्दछ।
हो, पाइन्छ। जापानमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कानुनी रूपमा हप्तामा अधिकतम २८ घण्टा सम्म पार्ट–टाइम काम गर्न अनुमति दिइन्छ।
लामो बिदाका समयमा, जस्तै गर्मी बिदा (Summer Vacation) र जाडो बिदा (Winter Vacation) मा, विद्यार्थीहरूले हप्तामा ४० घण्टासम्म काम गर्न सक्छन्।
पार्ट–टाइम कामले विद्यार्थीहरूलाई निम्न कुराहरूमा सहयाेग पुग्दछ:
यसले अध्ययनसँगै आर्थिक रूपमा आत्मनिर्भर बन्न पनि मद्दत गर्दछ।
PEF (Peaceful Educational Foundation) सँग काम गर्नुको प्रमुख फाइदामध्ये एक हाम्रो पारदर्शी र सुरक्षित भुक्तानी प्रणाली हो।
हाम्रो “शून्य–जोखिम वित्तीय (Zero-Risk Financial)” नीतिअनुसार, जापानको अध्यागमन कार्यालयबाट तपाईंको COE (Certificate of Eligibility) आधिकारिक रूपमा स्वीकृत भएपछि मात्र तपाईंले आफ्नो विद्यालयको शिक्षण शुल्क (Tuition Fee) तिर्नुहुन्छ।
यस नीतिका मुख्य फाइदाहरू:
यसरी, PEF ले विद्यार्थी तथा अभिभावकलाई विश्वास, सुरक्षा र पारदर्शिताका साथ जापान अध्ययनको यात्रा सुरु गर्न सहयोग गर्दछ।
हाम्रो सहयोग विमानस्थलसम्म मात्र सीमित हुँदैन। तपाईं जापान पुगेपछि पनि नयाँ जीवन सहज रूपमा सुरु गर्न आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्छौं।
हाम्रा आगमनपछिका सेवाहरूमा समावेश छन्:
हाम्रो उद्देश्य तपाईंलाई जापानमा पहिलो दिनदेखि नै सुरक्षित, सहज र आत्मविश्वासका साथ नयाँ जीवन सुरु गर्न सहयोग गर्नु हो।
धेरैजसो विद्यार्थीहरूले आधारभूत जापानी भाषा प्रशिक्षणबाट आफ्नो अध्ययन यात्रा सुरु गर्छन्। सामान्यतया, जापानी भाषा विद्यालयमा भर्नाका लागि JLPT N5 स्तर वा सो सरहको जापानी भाषा ज्ञान आवश्यक हुन्छ। केही विद्यालयहरूले आफ्नै प्रवेश मापदण्डअनुसार फरक स्तर पनि माग्न सक्छन्।
हामी JLPT, TOP J, NAT, J-CERT, JLCT तथा JPT परीक्षाका N5 देखि N2 स्तरसम्म विशेषज्ञ प्रशिक्षण प्रदान गर्छौं।
हाम्रा प्रशिक्षणका विशेषताहरू:
हाम्रो उद्देश्य प्रत्येक विद्यार्थीलाई आवश्यक जापानी भाषा स्तर हासिल गराई जापानमा सफल अध्ययन र उज्ज्वल भविष्यका लागि पूर्ण रूपमा तयार गर्नु हो।
